दफा
संक्षिप्त नाम, बिस्तार र प्रारम्भ
 (१) यस ऐनको नाम “भूमि सम्बन्धी ऐन, २०२१” रहेकोछ ।
(२) परिच्छेद १, ७, ८, १० र ११ नेपालभर तुरुन्त प्रारम्भ हुनेछन् र अरू परिच्छेद, दफा वा उपदफाहरू समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुने छन् ।